Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गएराती भएको यात्रुबाहक बस दुर्घटनामा दुई जनाको मृत्यु केहि घाइते - Brighter Khabar


 दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका-१ निवासी ३६ बर्षिय भिमनाथ योगि र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।


बर्दियादेखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका-९ रिहार नजिकै गएराती ११ बजे दुर्घटना भएको हो ।


बसमा ४७ जना सवार रहेका दुई जना घाइते भएको, अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ । बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको छ ।


मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडी बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।


केहिदिन अगाडी नेपालगन्जबाट काठमाण्डौ जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom