Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

५३ तोला चाँदीका गहनासहित दुई जना पक्राउ - Brighter Khabar


 प्रहरीले ५३ तोला चाँदीका गहनासहित बाराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला ईटहरी नगरपालिका-३ बस्ने २४ वर्षीय बद्री बिक र धरान उपमहानगरपालिका-५ का ३५ वर्षीय गुजराज बिक रहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।


बिरगंजबाट काठमाडौतर्फ जाँदै गरेको बा प्र ०२–०२७ प १८५१ नम्बरको स्कुटी जीतपुसिमरा उपमहानगरपालिकाको पथलैया चोकमा रोकी चेकजाँच गर्दा लुकाई छिपाई समान भन्दा कमको बिल बनाई ती चाँदीका गहनाहरु लगिरहेको अवस्थामा पक्राउ गरिएको हो ।


पक्राउ परेको गहनाहरुमा चाँदीको लकेट २२ थान, औठी ३३ थान, मंगलसुत्र १८ थान, कानको टप २६ थान, गणेश लकेट ७० थान गरी करिब १ लाख १३ रुपैयाँ मूल्य बराबरको समानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom