Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा प्रवेश - Brighter Khabar


माघ १३, नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। अफगानिस्तानलाई पराजित गर्दै नेपाल दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो। १४६ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा अफगानस्थानमाथि १ विकेटको जित निकालेको हो । नेपालले ३२ बल बाँकी हुँदा १४९ रन बनायो ।


नेपालको जितका लागि कप्तान देव खनालले अर्धशतक महत्त्वपूर्ण बन्यो।  अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा सात चौकासहित अर्धशतक बनाए । ८९ बलको सामना गर्दै कप्तान खनालले ५८ रन जोडे ।


नेपालका लागि दिपक बोहोराले ४२ बलमा २७ सुवास भण्डारीले ९ रन बनाए ।  यस्तै आकाश त्रिपाठी १६ र अर्जुन कुमालले १० रन बनाएपनि अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। दिपक डुम्रे ५, दीपेश कँडेल ४, विपिन रावलले २ रन बनाए भने। गुलसन झा र आकाश चन्द एकएक रनमै आउट भए ।


शुक्रबार दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो।


समूह ‘डी’मा रहेको नेपाल यसअघि लगातार दुई खेलमा पराजित भएको नेपालले सुपर सिक्सको यात्रा तय गर्न सफल भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom