Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तनहुँको आँबुखैरेनीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गयो - Brighter khabar


तनहुँ, माघ १५ गते । पृथ्वीराज मार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आइतबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालकको मृत्यु भएको छ ।

  आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको ग १ क ५०१२ नं।को मिनी ट्रक र सोही दिशामा आउँदै गरेको प्र।३–०२–००९प ८५३० नं।को मोटरसाइकल ठक्कर खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका–३ बस्ने वर्ष २६ को सफल राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएपछि रानालाई आबुखैरेनी अस्पतालमा उपचार गरी थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा राती १२ बजे चिकित्सकले मृत घोषणा गरेको  उहाँले जानकारी दिनुभयो । मिनी ट्रक र त्यसको चालक इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom