Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सहकारीहरुद्वारा सरकारले अनुदानमा दिएको मलको चरम दुरुपयोग - Brighter Khabar


पुस २० गते । नवलपुरका सहकारीहरुमा सरकारले अनुदानमा दिएको मलको दुरुपयोग भएको छ । जिल्लाका प्राय सबै सहकारीले न्यूनतम मापदण्ड पूरा नगरी सरकारी अनुदानको मल बिक्री वितरण गरेको पाइएको हो । 


जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, कृषि सामग्री कम्पनी, कृषि ज्ञान केन्द्र, कावासोती नगरपालिका तथा पत्रकारको संयुक्त अनुगमनको क्रममा सहकारीहरुले सरकारले तोकेभन्दा बढी मूल्यमा मल बिक्री गरेको, मूल्यसूचि नराखेको, मलको उचित भण्डारण नगरेको पाइएको छ । 


‘सहकारीले नगरपालिकाले तोकेभन्दा बढी मूल्यमा मल बिक्री गरेको, केही सहकारीले मूल्यसूचि नराखेको पाइयो, त्यसलाई नियन्त्रण गरेर नगरपालिकाबाट तोकिएको दररेटमा बिक्री गर्न निर्देशन दिइएको छ, अनुगमनपछि गोरखापत्रसँग कुरा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले भन्नुभयो, ‘पहिलो पटक सहकारीहरुको अनुगमन गरिएकाले अर्को पटक गल्ती नदोहो¥याउने गरी निर्देशन दिइएको हो ।’ 


नगरपालिकाले हरेक वडाका सहकारीलाई भौगोलिक दूरीअनुसार फरक–फरक बिक्री मूल्य निर्धारण गर्नेगरेको छ । शुक्रबार कावासोतीका विभिन्न वडामा रहेका नवत्रिवेणी बहुउद्देश्यीय सहकारी संस्था, त्रिभुवनटार बहुमुखी सहकारी संस्था, लम्साल कृषि सप्लायर्सलगायतमा अनुगमन गरेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom