Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा पार्किङमा राखिएको जिप चोरी गर्दागर्दै एक युवक पक्राउ - Brighter khabar


माघ ३, पोखरामा बुधबार पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदैगरेका एक युवालाई प्रहरिले पक्राउ गरेको छ  । 

पार्किङमा   राखिएको जिप चोरी गर्ने २० वर्षीय गोविन्द परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका –१० स्थित  अमरसिंह स्कुलको खेल मैदानमा रोकिराखेको जिप लैजाँदै गर्दा गर्दै प्रहरीले गोविन्दलाई पक्राउ गरेको हो । 

कास्कीका प्रहरी प्रवक्ता एवम्  प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार बुधबार साढे १ बजेतिर ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी भएको सूचना पाएपछि प्रहरीले हाल पोखरा १४ बस्दै आएका परियारलाई सोही जिप चलाइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार चोरी तथा डाँकासम्बन्धी मुद्दामा गोविन्द माथि थप  अनुसन्धान भैरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom