Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फोनबाट धम्की दिई लाखौँ रकम माग गरेको आरोपमा एक जना पक्राउ - Brighter Khabar


पुस २० गते । मोबाइल फोनबाट धम्की दिई लाखौँ रकम माग गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उक्त कसुरमा रौतहटको फतुवाविजयपुर नगरपालिका–८ निवासी ३४ वर्षीय भगवान् साह पक्राउ परेका हुन् ।


जिल्लाकै एक व्यापारी (नाम गोप्य) लाई फोन गरेर ५० लाख रुपियाँ नदिए छोराछोरीलाई अपहरण गर्ने धम्की दिएको आरोपमा साह पक्राउ परेका हुन् । पीडितले दिएको गोप्य सूचनाको आधारमा साहलाइ पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिनुभयो ।


उहाँकाअनुसार पक्राउ परेका साहले ९८०१५७७५१० नम्बरको सिमबाट पटक/पटक फोन गरी धम्की दिँदै आएको हुँदा अनुसन्धानले उक्त सिम साहको नाममा भएको जानकारी पाएपछि उनी पक्राउ परेका हुन् ।


घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको तथा पक्राउ परेका साह उपर आपराधिक लाभ लिने कसुर अपराधमा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom