Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा भएको सवारी दुर्घटनामा एकको ज्यान गयो, दुई घाइते - Brighter khabar


पोखरा , माघ १० गते । पोखरा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।


कास्की पोखरा महानगरपालिका वडा नं.१८ चिसा खोला नजिक मेथलाङबाट बागलुङ बसपार्क तर्फ आउँदै गरेको दूध बोक्ने सिङ्गल क्याप बोलेरो दुर्घटना भएको हो । 



ग ३ च २६०३  नम्बरको बोलेरो दुर्घटना हुँदा पोखरा १९ का ४९ वर्षीय  कृष्ण बहादुर थापाको ज्यान गएको हो ।


त्यस्तै सोही स्थानका ६९ की हिमकला थापा र वर्ष ७० की चन्द्रकला थापा घाइते भएको प्रहरीले जनाएको छ ।


घाइतेहरूको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


बोलेरो नियन्त्रण गुमाई सडकको दायाँ तर्फ  अन्दाजी २० फिट तल खसेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom