Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भालुको आक्रमणबाट दुई किशोरी गम्भीर घाइते - Brighter khabar


माघ १० गते । स्याउँला ल्याउन जङ्गल गएकी दुई किशोरी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छन् । रामा रोशन गाउँपालिका-५ तडिगैडा निवासी  १९ वर्षीया किरण शाह र १८ वर्षीया पार्वती शाह भालुको आक्रमणबाट गम्भीर घाइते भएकी आफन्त भरत शाहले जानकारी दिनुभयो ।


घाइतेको स्थानीय चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर पर्खिरहेको भरतको भनाइ छ । मुख्यमन्त्री र सामाजिक मन्त्रीले गम्भीर भए हेलिकप्टर आउँछ भन्नुभएको छ, त्यसैले उपचारमा तल मुजाबगर नलिएर अहिले यतै राखेर पर्खिरहेका छौँ । बुढाको भनाइ छ । 


घाइते मध्ये किरण बेहोस रहेको र पार्वती सामान्य रूपमा मात्रै बोल्ने अवस्था रहेको बताइएको छ । दुवैको टाउको र शरीरका विभिन्न स्थानमा चोट लागेको छ । बुधबार बिहान स्याउँला ल्याउन स्थानीय सालिमकोट वनमा बिहान ७:१५ बजेतिर भालुले आक्रमण गरेको आफन्तले जानकारी दिनुभयो । 


सोमबार दिउँसो घर नजिकैको खोलामा लुगा धुन गएकी मङ्गलसेन नगरपालिका ६ डाँडा गाउँकी एक महिलालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom