Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मकाउ पठाउने भनी रकम ठगि गर्ने सिग्देल पक्राउ - Brighter Khabar


माघ १४ गते । प्रहरीले मकाउ पठाउने भनी दुई लाख ७० हजार रुपियाँ ठगी गर्ने काठमाडौंका पृथ्वी राज सिग्देललाई पक्राउ गरेको छ ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार सिग्देलले मनिराम तिमल्सिना समेतलाई मकाउ जान नौ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब एक लाख ८० हजार रुपियाँ हुने भनी प्रलोभनमा पारेका थिए ।


उनलाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरी अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom