Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आइसिसी यु-१९ विश्वकप क्रिकेट: नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै - Brighter Khabar


माघ १०, दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यु-१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले आज समूह चरणको दोस्रो खेल खेल्न लागेको हो ।


समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेकोले नेपाललाई अर्को चरणसम्म पुग्न आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । यही समूहमा रहेको पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।


न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा जितको लागि तीन सय तीन रनको लक्ष्य पाएको नेपालले दुई सय ३८ रन मात्रै बनाउन सकेको थियो । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल १२ गते अफगानिस्तानसँग खेल्नेछ ।


विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

Top Post Ad

post bottom ads

Ads Bottom