Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अस्पतालमा सुत्केरीको ज्यान गएपछि अवस्था तनावग्रस्त - Brighter Khabar


माघ १२, मिर्चैया सहकारी अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् । मिर्चैया नगरपालिका–५ की २६ वर्षीया अल्का साहले अस्पतालको लापरबाहीले अकालमै ज्यान गुमाएको आफन्तको भनाइ छ ।


परिवारजनले ब्यथा भएपछि बुधबार साँझ उनलाई अस्पताल लगेका थिए । अस्पताल लगिएपछि बिहीबार बिहान ५:४५ बजे सुत्केरी पनि भयो । अल्काले छोराको जन्म दिएकी छिन् ।


तर, अल्काको स्वस्थ्य अवस्था भने बिग्रदै गयो । अत्यधिक रक्तस्राव सुरु भएपछि चिकित्सकलाई जानकारी गराउँदा पनि वास्ता नगरेको मृतकका पति इन्द्रजित साहको भनाई छ ।


अन्तिम अवस्थामा भएपछि बिहान पौने ९ बजेतिर मात्रै रिफर गरेको र बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अल्काका श्रीमान्‌ले जनाएका छन् ।


चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै शव अस्पतालको गेट बाहिर राखेर आफन्तजन आन्दोलित बनेका छन् । घटनामा संलग्नहरूलाई कारवाही र उचित क्षतिपूर्ति दिनुपर्ने माग परिवारजनको छ ।


बिरामीलाई बचाउन अन्तिमसम्म प्रयास गरेको मिर्चैया सहकारी अस्पताल प्रमुख मेसु सरिता प्रमुखको भनाई छ ।

Top Post Ad

post bottom ads

Ads Bottom