Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा घाँस काट्न गएकी एक महिलाको करेन्ट लागेर ज्यान गयो - Syangja Update


स्याङ्जा,   स्याङ्जामा आइतबार करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

 स्याङ्जाको पुतलीबजार नगरपालिकामा करेन्ट लागेर आइतबार दिउँसो पुतलीबजार नगरपालिका ८ काहुले बस्ने ५० वर्षीय चन्द्र कुमारी सुनारको ज्यान गएको हो।

घाँस काट्न गएकी चन्द्रको करेन्ट लागेर ज्यान गएको स्थानीयले जनाकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाका अनुसार घाँस काटेर घर फर्कने क्रममा बिजुलीको पोलमा घाँसले छोई  करेन्ट लागेपछी उनको घटना स्थालामै ज्यान गएको थियो ।



Top Post Ad

post bottom ads

Ads Bottom