Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भालुवाङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो , मृतकको सनाखत हुन सकेन - Updates


पुस २८, नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको रात्रि बस गएराति दाङको भालुवाङमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

भे १ ख ३९१२ नम्बरको बस गएराति राप्ती पुलबाट खसेर पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् ।

२३ जना घाइतेलाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको पनि प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङ देउखुरीका अनुसार ज्यान गुमाउनेहरुको पहिचान हुन सकेको छैन ।

शवलाई लमहीको अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom