Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या


 ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानेर हत्या भएको हो ।


वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको उहाँकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


घटना बिहिबार साँझ करिब साढे ७ बजे भएको हो । गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।


झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रहरीले बताएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom