Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्याक्टर र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको ज्यान गयो


फाल्गुन १४, पूर्वी सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटनामा परी ईन्जिनियरको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा वीरेन्द्रनगर नपालिका–३ का २९ वर्षीय ईन्जिनियर विजय रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।


सुर्खेतदेखि जाजरकोटतर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको भे १ त ४५ नम्बरको ट्याक्टर सिम्ता गाउँपालिका-६ जामुनेबजारमा एक आपसमा ठोक्किंदा सो दुर्घटना भएको हो ।


मृतक राना नेपाल ईन्जिनियरिङ एसोसिएसन कर्णाली प्रदेश सदस्य हुनुहुन्थ्यो । मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१ का २३ वर्षीय रुपेश गिरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।


उहाँका अनुसार गिरीको उपचारका अहिले सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा भईरहेको छ । ट्याक्टर र चालक बर्दिया बासगढी–३, का २३ वर्षिय राजेश थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom