Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जीप र मोटरसाइकल जुध्दा दुई युवाको ज्यान गयो



काठमाडौं- हुलाकी सडकमा पर्ने सर्लाहीको कौडेना गाउँपालिका–३ मा गएराति भारतीय नम्बर प्लेटको स्कारपियो र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।


मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका–६, बस्ने २३ वर्षीय सियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार सोमबार राति करिब साढे आठ बजेतिर पूर्व-पश्चिम हुलाकी सडकमार्गमा पर्ने कौडेना र मुसैलीको बिच भागमा मलङ्गवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नै बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।


दुर्घटनापछि स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ । स्कारपियोका चालक भने फरार भएका र उनको खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom