Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बारम्बार निद्रा बिग्रन्छ र यस्ता लक्षणहरू छन् भने मस्तिष्कको क्षमतामा यस्तो प्रभाव पर्न सक्छ - Brighter Khabar - Health Tips


 यदि तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ।


यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ।


अखिल भारतीय आयुर्विज्ञान संस्थानका न्यूरोलोजी विभागका प्रमुख डा. कामेश्वर प्रसादले नेतृत्व गरेको यो अनुसन्धान ७,५०५ जना वयस्कहरूमा गरिएको थियो।


भारतका धेरै स्वास्थ्य संस्थाहरू बाहेक द नेदरल्याण्ड्सको इरामस मेडिकल सेन्टरको इपिडिमिओलोजी विभाग र अमेरिकाको हार्वर्ड टीएच चेन स्कुलका जनस्वास्थ्य तथा व्यवहार विज्ञान विभागका डाक्टरहरू समेत यो अध्ययनमा सामेल भएका थिए।

विश्वका धेरै देशजस्तै भारतमा पनि वृद्ध वृद्धाको जनसङ्ख्या बढ्दो क्रममा छ।


डा कामेश्वर प्रसादका अनुसार "उमेर बढ्दै जाँदा देखिने प्रमुख रोगहरू डिमेन्सिया वा बिर्सने, हृदयाघात वा स्ट्रोक हुन्।" यो अनुसन्धान मुख्यतया ती समस्याहरूमा केन्द्रित थियो।


अनुसन्धानमा मानिसहरूलाई निद्राको कमी, अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए) लगायतसँग सम्बन्धित धेरै प्रश्नहरू सोधिएको थियो र उनीहरूको मस्तिष्कको काम गर्ने क्षमता जस्तै सम्झने, योजना बनाउने, डिजाइन गर्ने, अनुक्रम मिलाउने लगायतका गतिविधिका बीचमा रहने सम्बन्ध पत्ता लागेको थियो।

"अनुसन्धानले राम्रोसँग निदाउन नसक्ने वा ओएसए भएका मानिसहरूको मस्तिष्कको क्षमता राम्रोसँग निदाउने मानिसहरूको तुलनामा कम भएको देखाएको छ," डा कामेश्वर प्रसाद भन्छन्।

न्याशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित जानकारीका अनुसार ओएसएलाई एउटा स्वास्थ्य समस्याको रूपमा परिभाषित गरिएको छ। यो समस्या भएका मानिसहरूलाई सुतिरहेको समयमा बारम्बार श्वास रोकिने समस्या हुन्छ।

"निदाएको समयमा हाम्रो जिब्रो घाँटीमा पछाडि जान्छ र यसले श्वास फेर्ने बाटो रोक्छ," डा सुरी बताउँछन्।


"जब मानिसको श्वास रोकिन्छ, ऊ ब्युँझन्छ र उसको जिब्रो चल्न थाल्छ। जिब्रो मुखमा अगाडि आएर श्वास फेर्नको लागि बाटो खुलेपछि श्वास फेर्न सहज हुन्छ। जब व्यक्ति फेरि सुत्छ र जिब्रो पछाडि जान्छ फेरि श्वास फेर्न रोकिन्छ र निद्रा पटक पटक भङ्ग हुन्छ। यो क्रम रातभर चलिरहन्छ। यसलाई अब्सट्रक्टिव स्लीप एपनिया भनिन्छ,” उनले भने।


चिकित्सकहरूका अनुसार निद्राका पनि धेरै चरणहरू हुन्छन्। जसमा हल्का, गहिरो निद्रा, सपना वा सपना नदेखिने निद्रा हुन्छन्।

पर्याप्त निद्रा नआएमा सम्पूर्ण शरीरमा असर पर्ने र काम गर्ने क्षमतामा समेत असर पर्ने चिकित्सकहरू बताउँछन्। यसबाट पर्न सक्ने केही असरहरू:


  • एकाग्रताको कमी
  • स्मृतिमा प्रभाव
  • मस्तिष्कको निर्णय क्षमतामा प्रभाव
  • भावनात्मक स्वास्थ्य प्रभावित हुन्छ जसका कारण झर्को लाग्ने र रिस उठ्ने हुन्छ
  • दिउँसोको समयमा निद्रा
  • डिप्रेसन र चिन्ताको समस्या
  • ऊर्जाको कमी
  • रक्तचापमा प्रभाव
  • हृदयरोगको जोखिम
  • यदि तपाईँलाई मधुमेह छ भने, तपाईँको रोगसँग लड्ने क्षमता कम हुन्छ।
  • थकान लाग्ने
बिबिसी नेपाली 

Top Post Ad

post bottom ads

Ads Bottom