Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

छतबाट हाम फालेकी आमा सँगै अचेत भएका दुई छोराछोरीको ज्यान गयो - Brighter Khabar


माघ २८, ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ ।


जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले अचेत भेटिएका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको हिजो साँझ मृत्यु भएको जानकारी दिनुभयो ।


घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमाको पनि हिजो राती नै मृत्यु भएको उहाले जानकारी दिनुभयो । गम्भीर घाइते भई किष्ट अस्पतालमा उपचार गर्न लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


३६ बर्षकी ती महिलाले हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उनीहरुलाई पनि उपचारका लागि अस्पताल लगिएको थियो । घटना घटेको बेला घरमा अपाङग अवस्थामा रहेकी सासु मात्रै रहेको र महिलाको श्रीमान भने घर बाहिर रहेको प्रहरीले जनाएको छ ।


परिवारमा श्रीमान, श्रीमती, सासु र दुई जना छोराछोरी बस्दै आएका थिए । घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom