Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारी परिमाणमा नक्कली नोटसहित एकजना प्रहरीको नियन्त्रणमा - Brighter Khabar


माघ २९, सुनसरी जिल्लामा पछिल्लो समय भारतीय तथा नेपाली नक्कली नोटको कारोवार बढ्न थालेको छ । भारतसँग जोडिएको खुल्ला सिमानाका कारण सुनसरीमा एक पछि अर्को नक्कली नोटको कारोवार सार्वजनिक हुन थालेको छ ।


यसैबीच जिल्ला प्रहरी सुनसरीले आइतबार साँझ सुनसरीको सदरमुकाम इनरुवाको सुनसरी खोलामा ट्राफिक प्रहरीले भारतिय सवारी चेकजाच गर्ने क्रममा १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित २२ वर्षीय महम्मद शैयादलाई पक्राउ गरेको छ ।



जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलनको अयोजना गर्दै घटना सार्वजनिक गरेको हो । ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कोरपियोमा ल्याएको नक्कली नोटहरू बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको हो ।


गाडी भारतबाटै आएको देखिएको छ । चालक शैयाद पक्राउ परेपनि गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom