Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गएराति भएको सवारी दुर्घटनामा १० जना घाइते - Brighter Khabar


माघ २३, सर्लाहीमा भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा सोमबार बेलुका उक्त जिप दुर्घटना भएको हो ।


मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको उक्त जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।


दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन् ।


घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पर्साको वीरगन्ज पठाएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom