Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न, ५ किमि छात्रछात्रा तर्फ तेन्जन र नारायणी - Brighter Khabar


पोखरा । शनिवार सम्पन्न भएको  १८ औँ सफल पोखरा म्याराथन सम्पन्न भएको छ । 
प्रतियोगिताको  ५ किलोमिटर  छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोस्रो र ईश्वर ढकाल तेस्रो भए भने छात्रातर्फ नारायणी भण्डारी पहिलो, गीता श्रेष्ठ दोस्रो र एन्जीला जिटी तेस्रो भएकी छिन् । 

त्यस्तै  ५ किमि भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही,  निम बहादुर थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने महिलातर्फ चित्रा गुरुङ, विष्णु कुमारी गुरुङ र चेत माया पगेनी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन्  ।

यस्तै पुरुष १० किमि दौडमा ३१ मिनेट १५ सेकेन्डमा दुरी पार गरी टङ्क बहादुर कार्की पहिलो, सुवास कार्की दोस्रो हुँदा ३२ मिनेट ३७ सेकेन्ड लगाए भने, तेस्रो भएका सञ्जीव नेपाली तेस्रो ३३ मिनेट २९ सेकेन्डमा दुरी पार गरे ।  

महिला १० किमि दौडमा ४२ मिनेट १६ सेकेन्डमा दुरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेन्डमा दुरी पार गरेकी सीमा चौधरी दोस्रो र ४४ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै नम्रता गुरुङ तेस्रो भएकी छन् ।

महिला २१ किमितर्फ सन्तोषी श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कोर्स रेकर्ड दर्ता गरिन् । उनले १ घण्टा १८ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै नगद रु १ लाख ५० हजार प्राप्त गरिन् । २१ किमि महिलातर्फ केन्याली अवीजल जेरोप १ घण्टा १९ मिनेट ०२ सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुँदा राममाया बुढा १ घण्टा १९ मिनेट २२ सेकेन्डमा दुरी पार गर्दै तेस्रो र १ घण्टा २१ मिनेट ०७ सेकेन्डमा दुरी पार गरेकी फुलमती राना चौथो भइन् ।

त्यस्तै गण्डकी प्रदेशतर्फ सफल लामा, देव प्रसाद जलारी र मनोज अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

त्यसै गरी  म्याराथन खुलातर्फ पहिलो भएका केन्याली धावक जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गरे भने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेन्डको समय निकाल्दै दोस्रो भए । 

त्यस्तै अर्का केन्याली धावक इडविन किप्लागटले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दुरी पार गरी तेस्रो भए । किप्लीगाट १७ औँ संस्करणका विजेता थिए । त्यस्तै नेपाली धावक किरण सिंह बोगटी चौथो स्थानमा रहे । उनले २ घण्टा २४ मिनेट ०२ सेकेन्डमा म्याराथन पूरा गरे ।

खुला म्याराथनतर्फ पहिलो भएका जुलियासले नगद रु ५ लाख, दोस्रो भएका इसाक किहाराले नगद ३ लाख, तेस्रो भएका इडविनले नगद २ लाख र चौथो भएका किरण बोगटीले ३० हजार नगद हात पारे ।

Top Post Ad

post bottom ads

Ads Bottom