Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्कारपियोले साइकललाई ठक्कर दिंदा एकै घरका दुई दिदी-बहिनीको ज्यान गयो - Brighter khabar

 

दाङमा भएको सवारी दुर्घटनामा परेर एकै घरका दुई दिदी-बहिनीको मृत्यु भएको छ । बुधवार दिउँसो राप्ती गाउँपालिका-८ पिपरीमा स्कारपियो गाडीले साइकललाई ठक्कर दिंदा साइकल चालक प्यूठान झिमरुक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका–८ निवासी ३५ बर्षिया राधा बस्नेतको घटनास्थलमा र साइकलको पछाडी बसेकी बहिनी १६ बर्षिया विपना केसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका–८ पिपरी नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१-०२२ च १३६९ नम्बरको स्कारपियो गाडीले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो ।


घाईते केसीको सिसहनियाँ स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारका लागि बुटवल लगिएको थियो । केसीको उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृतकको शव लमही अस्पतालको शवगृहमा राखिएको छ । स्कारपियो गाडी तीब्र गतीमा भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गाडी प्रहरी नियन्त्रणमा भएपनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom