Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विश्वकप क्रिकेट लिग–२ मा नेपालको नेदरल्यान्ड्समाथि सहज जित - Brighter Khabar


फागुन ५ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हरायो ।


नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा भने नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । जितका लागि नेदरल्यान्ड्सले दिएको एक सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । 


नेपालका लागि अनिल साहले सर्वाधिक ५७ रन बनाउनुभयो । उहाँले ३६ बलमा ६ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएका हुन्  ।

यस्तै आसिफ शेखले अविजित ५४ रन बनाए  । उनले  ४५ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन्  । ओपनर कुशल भुर्तेलले २८ रन बनाए  ।  दोस्रो विकेटका लागि अनिल र आसिफले अविजित १०५ रनको साझेदारी गरेका थिए  । बलिङमा नेदरल्यान्ड्सका भिभियन किंगमाले एक विकेट लिए  । 


यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो। 

Top Post Ad

post bottom ads

Ads Bottom