Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ज्येष्ठ नागरिक समाज गण्डकी प्रदेश पोखराको प्रथम भेला सम्पन्न - Brighter Khabar


पोखरा, माघ २१ । ज्येष्ठ नागरिक समाज गण्डकी प्रदेश पोखराले आफ्नो प्रथम भेला सम्पन्न गरेको छ ।  समाजले ज्येष्ठ नागरिकहरूको उपस्थितिमा पोखरा १७ स्थित शीतल चौतारी छोरेपाटनमा आफ्नो भेला सम्पन्न गरेको हो ।

ज्येष्ठ नागरिक  तुलसी बरालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन प्रदेशका अध्यक्ष ध्रुवराज अधिकारीले गर्नुभएको थियो । 


प्रदेश उपाध्यक्ष ढुङ्गानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन  सहसचिव प्रेमलाल लम्सालले गर्नुभएको थियो । 

त्यस्तै  निवृत्ति राष्ट्रसेवक समाज र ज्येष्ठ नागरिकहरूले पाउने अधिकार र सुविधाका बारेमा छलफल भएको उक्त कार्यक्रममा  अधिवक्ता डी पी अधिकारी, पृथ्वीनारायण क्याम्पसका प्रा.डा. शोभाकान्त लामिछाने , पृथ्वी राजमार्ग बस सञ्चालक समिति अध्यक्ष तथा अधिवक्ता  योगेन्द्र के सी , भक्तराज सुवेदी, नारायण अधिकारी, लगायतले कार्यक्रममा आफ्ना भनाई राख्नुभएको थियो  ।


भेलाले छोरेपाटन अन्तर्गत ज्येष्ठ नागरिकका समस्याहरू पहिचान गरी त्यसको समाधान गर्ने दिशातिर अग्रसर हुने गरी  तुलसी बरालको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

त्यसै गरी समाजका अध्यक्ष अधिकारीको सक्रियतामा वार्ड नम्बर १७ अन्तर्गतका सुशान्त टोल, नयाँ गाउँ नागबेली लगायतका टोलहरूमा समेत ज्येष्ठ नागरिक समाज गठन गरिएको समाजका सहसचिव प्रेमलाल लम्सालले जानकारी दिनुभयो  ।

Top Post Ad

post bottom ads

Ads Bottom