व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जनाएका छन् ।
चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो ।
विमानस्थलमा खटिएका प्रहरी अधिकारी र अध्यागनमा कार्मचारीबीच तनाव सृजना भएको कहि दिनपछि विमान स्थलका सुरक्षा प्रमुखले दिएको राजीनामा लिएर धेरै अडकल र चासो ब्यक्त भएका छन् ।
प्रहरी र अध्यागमन कर्मचारी बीचको उक्त घटना छानबिन गर्न गृहमन्त्रालयले गठन गरेको समितिले गत बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो।