Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा जुवा तास खेलिरहेका ८ जना नगद रकम सहित प्रहरीको नियन्त्रणमा - Brighter Khabar


पोखरा - पोखरा महानगरपालिका वडा नम्बर २९ स्थित भण्डारढिकबाट  जुवा तास  खेलिरहेको  अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । 

सोही स्थानकी ३२ वर्षीय गीता पुनको घरमा जुवा तास खेलिरहेको अवस्थामा बुधवार  साँझ ५ बजे  उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ ताल चोक बस्ने वर्ष ५६ का दल बहादुर गुरुङ, सोही स्थान बस्ने वर्ष ४० का कुम बहादुर गुरुङ, पोखरा २९ सैनिक बस्ती बस्ने वर्ष ३३ की शान्ता मल्ल ठकुरी , भण्डारढिक बस्ने वर्ष ३६ की सितादेवी गुरुङ, वर्ष ५७ का तुल बहादुर पुन, वर्ष ५६ का भूपाल गुरुङ,  वर्ष ४८ का दुर्गा गुरुङ र पोखरा ३१  मोहोरिया टोल बस्ने वर्ष ३७ का  जीवन शाही रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरूको साथबाट   ३ बुक तास र नगद  सन्ताउन्न हजार एक सय पन्चानब्बे रुपैयाँ  फेला पारेको छ ।


प्रहरीका अनुसार  निजहरूलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टे वाजी गर्न नहुने) सम्बन्धी मुद्दामा १० दिन  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom