Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अदालतबाट कैद सँगै चार करोड जरिवाना ठहर गरेका एक जना ९ वर्षपछि पक्राउ - Brighter Khabar


माघ २२, नेपाल प्रहरीले अदालतबाट तीन वर्ष कैद र रु चार करोड जरिवाना ठहर गरेका एकजनालाई पक्राउ गरेको छ ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बैङ्किङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनबाट तीन वर्ष कैद र रु चार करोड जरिवाना ठहर भएकी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षीय मन्दिरा केसी कार्कीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।


ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले भक्तपुरको साबिक चाँगुनारायण गाविस–७ र ९ मा रहेका जग्गाको धितो राखेर ऋण निकालेर लगानीको दुरुपयोग गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।


“मन्दिराले आफू सञ्चालक रहेको घराना डेभलपर्स प्रालिको नाममा ऋण बनाएर लगानी नगरी रकम दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ”, उहाँले भन्नुभयो ।


मुद्दामा साबिक पुनरावेदन अदालत पाटनको २०७१ साल वैशाख २९ गतेको फैसलाले मन्दिरालाई तीन वर्ष कैद र रु चार करोड जरिवाना हुने ठहर गरेको थियो ।


शनिबार काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ परेकी मन्दिरालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom