Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आईसीसी यू–१९ विश्वकप क्रिकेट: नेपालले आज भारतसँग आफ्नो दोस्रो खेल खेल्दै - Brighter khabar


माघ १९, दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।


नेपालले दोस्रो खेलमा बलियो राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।


भारतले भने ‘सुपर सिक्स’ चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनको विशाल अन्तरले पराजित गरेको थियो । नेपाल यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ ।


‘सुपर सिक्स’ चरणको मंगलबार सम्पन्न खेलको नतिजापछि नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो । मंगलबार खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई र पाकिस्तानले आयरल्यान्डलाई हराएका थिए । त्यो नतिजापछि नेपालसँगै न्युजिल्यान्ड र आयरल्यान्ड पनि उपाधि होडबाट बाहिरिएका थिए ।


यू–१९ विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो । नेपालले सन् २००० मा श्रीलंकामा सम्पन्न तेस्रो संस्करणदेखि यू–१९ विश्वकपमा सहभागिता जनाउन थालेको हो । यू–१९ विश्वकपको त्यही संस्करणमा नेपाल र भारतबिच पहिलो भिडन्त भएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom