Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराका दुई युवा लागू औषध सहित पक्राउ - Brighter Khabar


पोखरा, माघ २१ गते ।  पोखरामा  लागू औषध सहित प्रहरीले  २ जनालाई  पक्राउ गरेको छ । शनिवार साँझ साढे ८ बजेतिरको समयमा वडा प्रहरी कार्यालय गगन गौडा कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३० खुँदी बस्ने वर्ष २२ को पुकार छतकुल्ली र सोही स्थान बस्ने वडा नं.१५ नयाँ गाउँ बस्ने वर्ष २९ को दोर्जे गुरुङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  उनीहरूको साथबाट लागू औषध डाईजापाम २६ एम्पुल, फेनारगन २३ एम्पुल र नुर्फिन २३ एम्पुल गरी जम्मा ७२ एम्पुल लागू औषध बरामद भएको छ ।

निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानेको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom