Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो - Brighter Khabar


माघ २०, दाङमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रबार राती लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ कमलरोड नजिक रोल्पादेखि घोराही जाँदै गरेको पिकअप भ्यान र पश्चिम देखि पूर्व जाँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटना भएको हो ।


दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका-८ पिपरी निवासी २७ बर्षिय सुनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गम्भिर अवस्थामा चौधरीलाई उपचारको लागी लमही अस्पताल लगिएको थियो । चिकित्सवकले मृत घोषणा गरेका थिए ।


पिकअप भ्यानका चालक शुद्वोधन गाउँपालिका-२ बस्ने आस्वीन सुनार पनि घाइते भएका छन् । उनको भैरहवामा उपचार भइरहेको छ । मृतक मोटरसाइकल चालकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । तीब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom