Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आँफुलाई माओवादी भन्दै धम्की दिएर चन्दा उठाउने दुई जना विष्फोटक पदार्थसहित पक्राउ - Brighter Khabar


फाल्गुन १,  नेपाल कम्युनिष्ट पार्टी माओवादीका नाममा धाकधम्की दिने र चन्दा उठाउने दुई जनालाई विष्फोटक पदार्थसहित मोरङ प्रहरीले पक्राउ गरेको छ ।


झापा, मोरङ र सुनसरीमा चन्दा आतंक मच्चाएको गुनासोपछि मोरङ प्रहरीले विशेष टोली गठन गरेर इलाम माम्सेबुङ गाँउपालिका वडा नं. १ का प्रविण मिश्र र पाँचथर याङ्बरक गाँउपालिका वडा नं. १ का विपिन अधिकारीलाई विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर, चन्दा रसिदसहित विराटनगरबाट पक्राउ गरेको हो ।


उनीहरुको साथबाट विष्फोट गर्न लैजाँदै गरेको प्रेसर कुकर बम समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ  ।


जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते विराटनगरको एक संस्थामा प्रेसर कुकर बम राखेर आतंक फैलाउने गरी हिंडेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।


पक्राउ परेकाहरुबाट मुक्तिपथको प्रेस कार्ड समेत बरामद गरिएको छ । पक्राउ गरिएकाहरुलाई विष्फोटक पदार्थ सम्बन्धि ऐन २०१८ अनुसार मुद्दा चलाईने मोरङ प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom