Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वैदेशिक रोजगारीको प्रलोभन देखाइ लाखौँ ठगी गर्ने चार जना पक्राउ - Brighter Khabar


माघ २१ गते । प्रहरीले वैदेशिक रोजगारीमा प्रलोभन देखाइ रकम ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार रोमानिया पठाउने भनी पाँच लाख ७४ हजार रुपियाँ ठगी गर्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल काठमाडौँ तारकेश्वर बस्ने ३८ वर्षीय श्याम बहादुर भण्डारी पक्राउ परेका छन् । 


भण्डारीले शरण बुढाथोकीलाई रोमानिया जान आठ लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा पेन्टरको काममा मासिक तलब एक लाख रुपियाँ हुने भनी विश्वास दिलाएका थिए ।


माल्दिभ्स पठाउने भनी चार लाख ४० हजार रुपियाँ रकम ठगी गर्ने स्थायी घर खोटाङ वाक्सिला गाउँपालिका वडा नं. ४ भई हल काठमाडौँ काँडाघारी बस्ने ४३ वर्षीय फूलमाया खत्री पक्राउ परेकी छिन् ।


खत्रीले प्रकाश बुढाथोकीलाई माल्दिभ्स जान पाँच लाख रुपियाँ लाग्ने र सेक्युरिटी गार्डको काममा मासिक तलब एक लाख रुपियाँ हुने भनी विश्वास दिलाएका थिए ।


यस्तै, न्युजिल्याण्ड पठाउने भनी ११ लाख ५० हजार रुपियाँ ठगी गर्ने चन्द्रबहादुर बुढाथोकी र टोपबहादुर सेजवाल दुई जना पक्राउ परेका छन् । 


प्रहरीका अनुसार स्थायी घर सल्यान भई हाल काठमाडौँ सामाखुसी बस्ने ४६ वर्षीय बुढाथोकी र ३३ वर्षीय सेजवालले खड्क राज गिरी समेत दुई जनालाई न्युजिल्याण्ड जान प्रतिव्यक्ति दश लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि फुड प्याकिङ काममा मासिक तलब दुई लाख रुपियाँ हुने भनी प्रलोभनमा पारेका थिए ।


उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom