Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीमती र छोराको हत्या अभियोगमा एक प्रहरी जवान पक्राउ - Brighter Khabar


माघ २१, आफ्नी श्रीमती र छोराको हत्या अभियोगमा एक प्रहरी जवान पक्राउ परेका छन् । २२ वर्षीय श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा  जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली पक्राउ परेका हुन् । 

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । 

दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा बास बसेका थिए ।

रोल्पा रुन्टीगढी गाउँपालिका-९ घर भएका नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए ।


Top Post Ad

post bottom ads

Ads Bottom