Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टिपरले ठक्कर दिँदा अनुसन्धान विभागका पूर्व अधिकारीको ज्यान गयो - Brighter


बारा- टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको छ ।

मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका निजलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधबार साँझ बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका–७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा निवृत्त हुनुभएको हो । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएर फरार चालकको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom