Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नवलपरासीमा धारिलो हतियार प्रहार गरी दुईको हत्या - Brighter



फाल्गुन १, पश्चिम नवलपरासी सुस्तामा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा दुई जनाको शव फेला परेको छ ।


सुस्ता गाँउपालिका वडा नम्बर ३ मर्चहवा बस्ने ६५ वर्षिय यक्षलाल चमार र निजका नाति ११ वर्षका गौचरण चमारको शव फेला परेको हो ।


उनिहरुको शरिरमा धारिलो हतियार प्रहा गरि हत्या गरेको पाईएकाले अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक काजिकुमार आचार्यले जानकारी दिनुभयो । एकान्त स्थानमा रहेको कच्चि घरमा बस्दै आएका उनिरुको गएराति हत्या भएको हो ।


अहिले तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको छ । मृतक चमारका एक छोरा, बुहारी र तीन जना नातिनातिना थिए । छोरा कामका लागी भारत गएपछि डेढ महिना अगाडी बुहारी एक जना नातिलाई छाडेर दुई ओटा बच्चा लिई माईत गएको स्थानियले बताएका छन् ।


पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा बेलाबेलामा विभत्स हत्याका घटना हुने गरेका छन् । केहि महिना अगाडी पनि प्रतापपुर गाँउपालिकाको सिमावर्ती गाँउमा एक दम्पत्तिको विभत्स हत्या भएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom