Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुई समूहबीचको विवादले झडप भएपछि पालिकामा कर्फ्यु आदेश जारी - Brighter


 जिल्ला प्रशासन कार्यालय रौतहटले इशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सृजना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्युआदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।


पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर प्रहरी चौकीसम्मको क्षेत्रमा हिजो साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रजिअ रेग्मीले बताउनुभयो ।


गत फागुन ३ गते सरस्वतीको मूर्ती बिसर्जनको क्रममा मोतिपुरमा दुईपक्षबीच विवाद र झडप भएको बिषयलाई लिएर हिजोपनि विवाद र झडपको स्थिति उत्पन्न भएकोले सर्वसाधारणको सुरक्षाका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom