Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु


दाङमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपादिलका –३ वनगाउँमा बुटवलबाट नेपालगञ्जतर्फ जाँदैगरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिदा लमही नगरपालिका–४ निवासी करिब ४० बर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लका अनुसार बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका पौडेलको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 


ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घट्ना बारेमा थप अनुसन्धान भैरहेको  प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom