Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्वतन्त्र पत्रकार सङ्घ कास्कीको उपाध्यक्षमा ब्राइटर नेटवर्कका सम्पादक डिआर काफ्ले

 


पोखरा- स्वतन्त्र पत्रकार सङ्घ कास्कीको उपाध्यक्षमा ब्राइटर मिडियाका पत्रकार एवम् सम्पादक डिआर काफ्ले निर्वाचित भएका छन् ।
कास्कीमा रहेर पत्रकारिता सुरु गरेका उनी स्वतन्त्र पत्रकार महासङ्घ कास्कीको सदस्य, सहसचिव हुँदै पोखरामा बिहीबार सम्पन्न भएको संस्थाको बाह्रौँ साधारण सभा एवम् छैटौँ अधिवेशनमा  उपाध्यक्षमा निर्वाचित भएका हुन् । 

काफ्ले लामो समय देखि रेडियो पत्रकारितामा छन् । उनी पछिल्लो समय रेडियो सँगै अनलाइन सञ्चार माध्यमका सम्पादक पनि हुन् । पत्रकारिता समाजको ऐना हुनुपर्ने मान्यता राख्ने उनले अर्थशास्त्र र गणितका साथै आम सञ्चार र पत्रकारिता विषयको पढाई सकाएका छन् । 

समाजका वस्तुस्थितिलाई यथार्थपरक ढङ्गले जनताको पक्षमा पत्रकारिता गर्न रुचाउने उनले पत्रकारितामा राजनीतिको प्रभावले परेको दुर्गन्ध हटाउनकै लागि भए पनि आम युवा पत्रकारहरू स्वतन्त्र  बन्नुपर्नेमा उनको जोड छ ।  

त्यसै गरी संस्थाको अध्यक्षमा कृष्ण रानाभाट , सचिवमा रजनी तामाङ र  कोषाध्यक्षमा राधा ढकाल निर्वाचित भएका छन् भने सदस्यहरूमा गणेश बज्र लामा, अल्चना श्रेष्ठ, मदन जैसी, गणेश पौडेल  र नवीन क्षेत्री सर्वसम्मत चयन भएका छन्  । 

सोही अवसरमा  संस्थाले  यस वर्षको पत्रकार महिला सम्मानमा खोज मिडियाकी रजनी तामाङ स्याङ्बोलाई सम्मानित गरेको थियो  ।


Top Post Ad

post bottom ads

Ads Bottom