Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकल दुर्घटनामा ३७ वर्षीय विनोदको ज्यान गयो - Brighter Khabar


भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरेको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मणिराजको मध्यपुर थिमी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


बागमती प्रदेश ०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल गएराति सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको हो ।


मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-४ घर भई काभ्रेको जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom