Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा सात नेपालीसहित आठ जनाको मृत्यु


चैत २७ गते । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा सात नेपालीसहित आठ जनाको मृत्यु भएको छ ।


भारतीय मिडिया वन इन्डियाका अनुसार बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएको जनाएको छ ।


मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको जनाइएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।


मृत्यु हुनेमा  ५० वर्षीय विस राम, ४५ वर्षीय धिरज, ४० वर्षीय अन्नत राम चौधारी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक राम चौधरी र ६० वर्षीय गोपाल हुनुहुन्छ । र घाइते हुनेमा नेपालीमा शान्ति चौधरी र छोटु चौधरी हुनुहुन्छ ।

Top Post Ad

post bottom ads

Ads Bottom