Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो , अर्का एक जना गम्भीर घाइते - Brighter khabar


ओखलढुङ्गाको चम्पादेवीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक गम्भीर घाइते हुनुभएको छ । 


मंगलबार साँझ ५ बजेको समयमा ओखलढुङ्गा सदरमुकामदेखि चम्पादेवी गाउँपालिकोको बिलन्दुतर्फ जाँदै गरेको लु ३ त ९९७४ नम्बरको ट्याक्टर चम्पादेवी गाउँपालिका –७ जोखरिया दुम्सेखोलामा अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको हो । 


दुर्घटनामा परी ट्याक्टरमा सवार सिद्विचरण नगरपालिका –७ का अन्दाजी २१ बर्षीय फुर्तेम्वा शेर्पाको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो ।


यस्तै, दुर्घटनामा ट्याक्टर चालक मोलुङ गाउँपालिका –२ का अन्दाजी २५ बर्षीय अभय सुनुवारको टाउको र ढाडमा चोटलागि गम्भीर घाइते हुनुभएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।


घाइते चालकलाई उद्धार गरी ओखलढुङ्गा सामुदायिक अस्पताल  पठाइएको छ । चालक सुनुवारको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom