Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा आगोले जलेर एक जनाको ज्यान गयो - Brighter Khabar


 स्याङ्जा ,  स्याङ्जामा जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको ज्यान गएको छ ।


स्याङ्जा बिरुवा गाउँपालिका वडा नम्बर ०७ कुमेरदुङ बस्ने वर्ष ७४ की रेउसरी गुरुङको आगो निभाउने क्रममा ज्यान गएको हो ।


गुरुङले आफ्नो बारीमा आज दिउँसो  पौने चार बजेको समयमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा आगो जङ्गलमा सल्कन गएको बताइएको छ ।


सोही आगो निभाउने क्रममा उनको ज्यान गएको हो ।


यश सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom