Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा आफैँ चढेको बसले लियो इलेक्ट्रिक इन्जिनियर पढ्दै गरेका विद्यार्थीको ज्यान - Syangja UPdate

 

स्याङ्जामा आफैँ चढेको बसले किच्दा  परीक्षा दिएर फर्कँदै गरेका विद्यार्थी अमित शाहको ज्यान गएको  छ ।


बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ६८९७ नम्बरको बसबाट खसेर सोही बसको टायरले किच्दा  परीक्षा दिएर फर्कँदै गरेका २० वर्षीय शाहको ज्यान गएको हो ।


सर्लाहीको मलङ्गवा–६ घर भएका शाह वालिङ नगरपालिका–१ स्थित रणवीर जनहित माविमा इलेक्ट्रिक इन्जिनियरमा अध्ययनरत विद्यार्थी हुन् ।


 प्रहरीले दिएको जानकारी अनुसार  बसको ढोकाबाट खसेका साहलाई सोही बसको टायरले किचेको थियो ।


घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom