Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेलापात गरेर घर फर्किएका थापाको भाँचिएको रुखको हाँगाले लागेर ज्यान गयो

 

गोरखामा रुख भाँचिएर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिद लखन गाउँपालिका –४ ताक्लुङका ५० वर्षीय गिरबहादुर राना रहनुभएको प्रहरीले जनाएको छ । 


वडा ४ का वडा अध्यक्ष अरुण थापाका अनुसार बिहीबार बेलुका करिब ६ बजेको समयमा स्थानीय छिमेकीको मेलापात गरेर घरतर्फ फर्कनेक्रममा ठुलो हावाहुरीका कारण घरनजिक रहेको काप्राका रुखको हाँगा भाँचिएर उहाँलाई लागेको थियो । 


गम्भीर घाइते हुनु भएका राना मगरलाई तत्काल घर परिवार र स्थानीयको सहयोगमा चितवनको पुरानो मेडिकल कलेजमा लगिएको थियो । टाउको र छातीमा गम्भीर चोट लागेर अचेत अवस्थामा पुरानो मेडिकल कलेज लगिएको पनि शुक्रबार राति १ बजेको समयमा पुरानो मेडिकल कलेजका चिकित्सकले मृत घोषण गरेको वडा अध्यक्ष थापा मगरको भनाइ छ । 


चितवनको सरकारी अस्पतालमा उहाँको शव पोष्टमार्टमका लागि राखिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom