Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रुखको फल टिप्ने क्रममा करेन्ट लागेर एक जना गम्भीर घाइते


जेठ १८ गते । गुल्मीमा बखडा टिप्ने क्रममा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् ।


रेसुंगा नगरपालिका वडा नम्वर ६ नेटाखर्कको बारीमा रहेको बखडा टिप्ने क्रममा बखडाको रुखमाथि रहेको बिजुलीको हाइटेन्सन लाइनको तारमा टच हुँदा अर्घाखाँचीको छत्रदेब गाउँपालिका ८ का १६ वर्षीय बिजय परियार गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।


निजको दाया हात, बाया खुट्टा र छातीको भागमा जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो ।


परियार बोल्न सक्ने अवस्थामा नरहेकोले गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको पोखरेलले बताउनुभयो ।


घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom