Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लागूऔषध ब्रा'उन सु'गर सहित पोखराबाट तीन जना पक्राउ - Brighte Khabar


पोखरा , जेठ ८ गते । पोखरा महानगरपालिका वडा नं.१४ बिपिमार्गबाट लागू औषध ब्राउन सुगर सहित ३ जना  पक्राउ परेका छन् ।`

 जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउसो ३ बजेको समयमा ब्राउन सुगरको खरिद बिक्री भइरहेको अवस्थामा युवाहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पोखरा  वडा नं. १३ मिया पाटन बस्ने वर्ष ३७ को बेतुल करिम मिया, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३१ बस्ने वर्ष २६ को अस्मित ढुङ्गाना र जिल्ला बाँके स्थायी घर भई हाल जिल्ला कास्की पोखरा  वडा नं. १३ मिया पाटन बस्ने वर्ष ३६ को अब्दुल कमाललाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको  साथबाट लागू औषध ब्राउन सुगर ५ ग्राम ९०० मिलिग्राम, डिजिटल तराजु १ थान, मोबाइल ४ थान, पावर बैङ्क १ थान र नगद रु.२६,०००।–(छब्बिस हजार) फेला परेको कास्की प्रहरीले जनाएको छ ।

निजहरूलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिन  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom