Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गएराती भएको टिप्पर दुर्घटनामा दुई जनाको ज्यान गयो , दुई जना घाइते - Brighter khabar


 डडेल्धुरामा गएराती टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाको बेलापुरबाट ढुङ्गाड गइरहेक बागमती प्रदेश ०१-००१ क ५६५१ नम्बरको टिप्पर वडा नम्बर-४ सिरोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार धादिङ घर भएका टिप्पर चालक ४० वर्षीय धिरज थापामगर र धादिङकै २७ वर्षीय विष्णु बिकको मृत्यु भएको हो ।


डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ बस्ने २८ हिक्मत बिक र धादिङका ३१ वर्षीय सुदिप बिक घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom