Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आफ्ना दिवंगत बुवाको काजकिरिया गर्दै स्मृति - Brighter khabar


जेठ ७ गते । दाङको लमही नगरपालिका –३ बनगाउँ निवासी २३ वर्षीया स्मृति केसी दिवंगत बुवा शेरबहादुर केसीको किरिया बस्नुभएको छ । 


नेपाली समाजमा वंश धान्ने नाममा छोरा किरिया बस्ने चलन छ । यो चलनलाई तोड्दै स्मृतिले दिवंगत बुवा केसीको काजकिरिया गर्नुभएको छ । कुना बारेर सेतो पहिरनमा छोरासरह स्मृतिले काजकिरिया गर्नुभएको हो । 


स्मृतिका दाजु वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । उहाँ आउन नसकेपछि स्मृतिले बुवालाई दागबत्ती पनि दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘छोराछोरी दुबै बराबरी हो भन्ने मान्यता मैले बोकेको छु, बुवा बिरामी हुँदा सबै रेखदेख पनि गरें । कुना बारेर किरिया बसेको छु ।’ 


केसीले समाजमा अझै पनि छोराछोरीमाथि भेदभाव कायमै रहेको बताउनुभयो । भेदभाव हटाउन पनि मैले यो आफूले किरिया बस्ने बताउनुभयो । आजको गोरखापत्रमा समाचार छ।

Top Post Ad

post bottom ads

Ads Bottom