Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एकाबिहानै एम्बुलेन्सको ठक्करबाट एकजनाको ज्यान गयो - Brighter khabar


जेठ  ६ गते ।   अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले  एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल  नजिकै ठक्कर दिँदा आज बिहान बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो ।

 इलाका प्रहरी कार्यालय बुटवलका अनुसार एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । 

त्यस्तै देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । 

घाइतेहरूको  लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर  मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom